बैतडी –बैतडीमा मतपेटिका पुर्याएर फर्कदै गरेको जिप दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला थुम भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।दुर्घटनामा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,
मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । अहिले घटना स्थिल तर्फ प्रहरीको टोलि गइरहेको छ । जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्