बैतडीमा शान्तपूर्ण रुपमा मतदान सम्पन्न, मतपेटिका ढुवानी गरीदै

बैतडी –बैतडीमा शान्तपूर्ण रुपमा मतदान सम्पन्न भएका छ । जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मतदान सम्पन्न भएसंगै बैतडीका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य शुरु भएको छ । नजिकका मतदान केन्द्रबाट आज राति नै जिल्ला सदरमुकाममा मतपेटिका पुर्याइनेछ भने टाढाका मतदान केन्द्रबाट भोलि सम्म मतपेटिका ढुवानी भइसक्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

मतपेटिका जिल्ला सदरमुकाम पुर्याइसकेपछि सर्वदलीय बैठकको आयोजना गर्ने र त्यसपछि जिल्ला अस्पतालको नवनिर्मित भवनमा मतगणना कार्य भोली बिहानै देखि शुरु हुने सञ्चालन गरिने सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए ।

Bungal Purai
Bithadchir 2
Loading...