बझाङमा लात हानेर मतपेटिका फुटाइयो ,स्थगित भएको मतदान पुन; सुचारु

बझाङ –बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन् । केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय,रातापानी मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा बिहान साढे ९ बजेदेखि स्थगित भएको मतदान अहिले सुचारु भएको छ ।

स्वतन्त्र उम्मेदवारका प्रतिनिधि कमल भण्डारी र माओवादी उम्मेदवारका प्रतिनिधि कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो । फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको जनाइएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...