दार्चुलाको छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने

Image

दार्चुला ; दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने भएको छ । व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सबै सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उहाँले बताउनुभयो । छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिङ्करको केन्द्रमा दुई सय ३४ जना मतदाताले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने बताइएको छ । तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु चुनाव सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् । उज्यालो

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन