आज तपाईको राशीफल कस्तो छ ? कार्तिक २५ गतेको पञ्चाङ्ग एवम् राशिफल

आज वि.सं. २०७९ कार्तिक २५ गते शुक्रबार तद्अनुसार सन् २०२२ नोभेम्बर ११ तारिख,श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु मार्गशीर्ष कृष्ण पक्षको तृतीया तिथि ।

आजको राशिफल

मेष – आजको दिन व्यवहार गर्दा विशेष सचेतनाका साथ गर्नुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ने देखिए पनि अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आरोग्यता बढ्ने योग रहे पनि आज समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहनेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लगानी बढ्ने र आरोग्यता वृद्धि हुनेछ । ठूलै प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – दिन शुभदायी छ । यात्रामा सफलता प्राप्त हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रचनात्मक काम बन्नेछ ।

सिंह – कर्मबल बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – आजको दिन सामान्य नै रहेको छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुचि रहला ।

तुला – ब्यस्तता बढे पनि दिन राम्रो छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । मन प्रशन्न रहला ।

वृश्चिक – आनन्द वृद्धि हुनेछ । प्रेमभाव बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्नुका साथै साथीसित भेटघाट होला । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । इष्टमित्रको सहयोग रहनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – दिन राम्रो छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। पराक्रम वृद्धि हुनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । समयले साथ दिनेछ ।

janahit ma jari sandesh
Masta R.M
Loading...