डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

Image

डोटी —डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । बुधबार बिहान २.१२ मा आएको भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ।

यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए। यस्तै वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरीएको उनले बताए। भूकम्पमा परी ५ जना घाइते भएका छन् भने  सो वडामा ७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेको स्थानीयले बताएका छन्।घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।  डोटीको खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरको भूकम्प जाँदा डोटीमा धनजनको क्षती भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन