बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिने सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचना भनिएको छ ।
हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । बिदामा नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायत सार्वजनिक निकाय बन्द रहने छन् ।
प्रतिक्रिया जनाउनुहाेस्