भीरबाट लडेर बझाङमा एक र बैतडीमा एक पुरुषको मृत्यु

Image

बैतडी ; बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका– ५ गलेकोटका अन्दाजी ५० वर्षीय कवि आग्रीको आज भीरबाट लडेर मृत्यु भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

त्यस्तै बैतडीमा पनि खर काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महाराको खर काट्ने क्रममा सतुराडी भिरबाट लडेर  आज आईतबार बिहान ६ बजेको समयमा मृत्यु भएको मृतका भतिजा सुनिल महराले जानकारी दिए । उनि सतुराडी भिरबाट २५० सय मिटर तल खसेका थिए उनको घटना स्थलमै मृत्यु भएको हो । उहाँका परिवारमा श्रीमती, ३ छोरी र दुुइ छोरा रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन