बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते ५ जना डडेल्धुरा रेफर

 बझाङ ; बझाङमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। मृत्यु हुनेमा मष्टा गाउँपालिका–३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको छ। त्यहाँ पनि उपचार सम्भव नभए उनीहरुलाई धनगढी ल्याइने प्रहरीले बताएको छ। ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो।

Loading...