दार्चुलाको छाङरु र तिङ्करमा दसैँ अघिनै हेलिकप्टरबाट खाद्यान्न पठाउने तयारी

Image

बैतडी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करको लागि खाद्यान्न पठाउने तयारी भइरहेको जनाएको छ । खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुने गरेको छ । स्थानीय पालिका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करको लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैँअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ। ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन