बैतडी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि यस वर्षको बडादसैंमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा लिने भएको छ। दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा लिन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ। कम्पनीको उक्त प्रयासले बजार मूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्