बझाङ ; विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको ९ महिना विति सक्दा पनि बझाङको बुंगल नगरपालिका –९ स्थित केदार माध्यामिक विद्यालय देउलिकोटमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । २०७८ पुस १६ गते पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यअवधि सकिएको भएता पनि हाल सम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो । समितीमा राजनितीक दलहरुको भागभण्डा नमिल्दा समिति गठन हुन नसेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जहरे बोहराले बताए ।
निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि ४ पटक सम्म अविभाक भेला गराएर बैठक बसी सहमतिको प्रयास गरेको भएपनि नेपाली काग्रेसका नेताहरुले पार्टीगत तरीकाले भागभण्डा गर्न खोज्दा सहमति नभएको स्रोतले बताएको छ । भागभण्डाकै कारण सहमति नभएपछि निर्वाचन गरेर विव्यस गठन गर्न विद्यालयले भाद्र ३० गतेका लागि निर्वाचनको समय तोक्यो । तर बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख गोपाल कुवरले विव्यस गठनको लागि चुनाव गर्नुपर्ने प्रधान नरहेको भन्दै नगरपालिका बाट प्रतिनिधि पठाएर सहमति गर्ने भन्दै निर्वाचन स्थगित गरेको हो । विद्यालय व्यबस्थापन समिति गठन तथा व्यवस्थापन कार्यबिधिमा सहमति नभए चुनाव गर्ने प्रधान पनि उल्लेख गरीएको छ
राजनितीक आडमा कनिष्टलाई नि प्रधानाध्यापक
वि.स. ०७८ पुस ४ गते उक्त विद्यालयका नि.वर्तमान प्रधानाध्याप ललित बहादुर सिहँको अवकास पछि विदाई गरीएको थियो ।पुस ७ गते नै बिद्यालयका कर्मचारीहरुले उक्त विद्यालयका वरिष्ट शिक्षक लालसिहँ पुजारालाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरी विव्यसलाइ सिफारसि गरेको भएपनि राजनितीक पुर्वआग्रहकै कारण विद्यालय व्यवस्थापन समितीले स्वकृत नगरी आलटाल गर्दै आफ्नो कार्यअवधि सकिएको भन्दै पन्छिाएको हो ।
शिक्षा ऐनमा कुनैपनि कारण प्रधानाध्यापकको पद रिक्तहुन गएमा पदपुर्ती नहुन्जेल सम्म वा प्रधानाध्यापक नियुक्ती नभए सम्मका लागि उच्चतहको बरिस्ट शिक्षकले निमित्त प्रधानाध्यापको कामगर्न पाउने प्रबधान रहेको छ । उक्त ऐनअनुसार विद्यालयको नि.प्रधानाध्यापक प्रथम श्रेणी मावि उच्च वरस्टि शिक्षक लालसिहँ पुजाराले पाउने पर्नेहुन्छ । तर केदार माविले भने ऐन विपरीत कुनैपनि निर्णय बिनानै निमित्त प्रधानाध्यापको जिम्वेवारी काग्रेंस निकट भएकै कारण गोपाल दत्त भट्टले पाएका छन् । यसरी विद्यालयलाईनै राजनितीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेकाछन् ।
यस विषयमा वरष्टि शिक्षक पुजाराले भने राजनितीकै कारण आफुले पाउनु पर्ने अधिकार समेत गुमाउनु परेको बताए । उनलेभने पछिल्लो समय काग्रेका स्थानिय नेताहरुले राजनितीक आस्थाकै कारण मलाई फरक व्यवहार देखाएका छन् र म पिडित भएर बसेको छु फेरी नि यस्तै कार्यभइरहे भए कानुन अनुसार अगाढी बढ्न आफु तयार रहेको पनि उनले बताए ।
विव्यसको निर्णय विनानै बैंक खाता संञ्चालन
२०६६ साल देखी विद्यालयको सामाजिक लेखा परक्षिण भएन केदार माद्यामिक बिद्यालयको नाममा विव्यसको निर्णय विनानै कृषि विकास बैंक झापामा खाता खोलिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय विना खाता खोल्न नपाइने भएपनि नगरपालिकाका कर्मचारी र कृषि विकास बैंकका कर्मचारी संग मिलोमतो गरी अवैधानिक तरीकाले निप्रअ गोपालदत्त भट्ट र लेखापाल भरत महराको नाममा खाता संचाल गरेको विद्यालयका एक शिक्षकले बताए ।
२०६६ साल देखी एक पटक मात्र विद्यालयको लेखा परीक्षण भएको भएपनि प्रतिवेदन प्रस्तुत नगरेको स्रोतले बताएको छ । साथै निवर्तमान प्रधानाध्यापक ललित बहादुर अवकास प्रात भएको ९ महिना बितिसक्दा पनि वरबुझारथ नबुझाएको पाइएको छ । शिक्षा ऐनमा कुनै पनि विद्यालय बाट अवकास प्राप्त प्रधानाध्यापकले अवकास परेको १५ दिन भित्र आफ्नो जिम्मामा रहेको नगत जेंन्सी समान विद्याललयलाई बुझाउ पर्ने हुन्छ तर सिँहले अहिले सम्म नबुझाएको निप्रअ गोपाल दत्त भट्टले बताए ।