बैतडी –बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर परिसरमा मंगलबार सरसफाई गरिएको छ । निङ्गलाशैनी भगवति मेला तथा चाडपर्व व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसर र दशरथचन्द नगरपालिकामा वडा नं २ को वडाकार्यालयमा सरसफाई गरिएको हो । यहि भाद्र २२ गते देखी लाग्ने अनन्त चतृदशी मेलालाई मध्यनजर गर्दै मन्दिर परिसर र वडाकार्यलयमा सरसफाई गरिएका मेला व्यवस्थापन समितिका अध्यक्ष भान बहादुर बोहराले बताए । अनन्त चतृदशीको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो मेला(देहिजात) लाग्ने गर्दछ ।
निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरुलाई सहज होस भनेर सरसफाई गरिएको बताइएको छ । मेला व्यवस्थापन समितिको अगुवाईमा गरिएको सरसफाई कार्यक्रममा स्थानीय व्यापारी, युवा लगायतको सहभागिता थियो । त्यस्तै मेला व्यवस्थापन समितिले अनन्त चतृदशी तथा पुर्णिमामा लाग्ने मेलाको अबसरमा भाद्र २४ र २५ गते उचित पुरस्कार सहितको डेउडा प्रतियोगिता पनि आयोजना गरेको छ । मेलालाई शान्त र सु–व्यवस्थित तरीकाले सम्पन्न गर्न मेला व्यवस्थापन समितिले जुवातास खेल्न मदिरा बेचविखन वसारपोसार र सेवन पनि बन्द गरेको छ । कोहि कसैले नियमको अवज्ञा गरे कारबाही गरीने मेला व्यवस्थापन समितिले जनाएको छ ।