एमाले नेताहरुको पहलमा भारतीय राजदुतद्वारा पिपलकोट स्वस्थ्य चौकीलाई एम्बुलेन्स उपहार

बझाङ : जिल्लाको बुङ्गल नगरपालिका – ६ मा रहेको पिपलकोट स्वस्थ्य चौकीलाई भारतीय राजदुत द्वारा निशुल्क एम्बुलेन्स उपहार हस्तान्तरण गरिएको छ ।

आइतबार  भारतीय राजदुत महामकिम नवीन श्रीवास्तव ज्युबाट गणतन्त्र दिवसको अवसरमा एम्बुलेन्स उपहार पिपलकोट स्वस्थ्य चौकी इन्चार्ज राम भण्डारीलाइ हस्तान्तरण गरिएको हो ।पुर्व राज्यजन्त्री आशा बिक, अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य आरबिक्रम ओखेडा लगाएत एमाले बुङ्गल नगर कमिटी सह सचिव बिरेन्द्र कुवर ,जिल्ला कमिटी सदस्य नरबहादुर कुवर र  बुङ्गल नगरपालिका -६मा वडा अध्यक्षका प्रत्याशी हिक्मतराज बिक सहितको एमाले टिमको पहलमा पिपलकोट स्वस्थ्य चौकीलाई एम्बुलेन्स उपहार गरिएको पिपलकोट स्वस्थ्य चौकी इन्चार्ज  भण्डारीले बताए । स्वास्थ्य चौकीले एम्बुलेन्स पाएपछि स्थानीयले बिरामी हुदा हजारौ भाडा तिर्नु पर्ने बाध्यता हटेको भन्दै स्थानीय खुशी भएकाछन् ।

नेपालमा रहेको भारतीय राजदूतावासले नेपालभर विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।

कोरोना का कारण एम्बसलेन्स हस्तान्तरण कर्यक्रम ढीलो भइको थियो ।

Bungal Purai
Bithadchir 2
Loading...