सुदूरपश्चिम सरकारबाट बझाङका कुन पालिकालाई कति अनुदान ? (सूचीसहित)

Image

बैतडी ; बझाङका १२ स्थानीय तहमध्ये सुदूरपश्चिम प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट केदारस्युँ गाउँपालिकाले अनुदान प्राप्त गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट केदारस्युँले एक करोड ९० लाख ९ हजार अनुदान पाउने भएको हो।

यस्तै, मष्टा गाउँपालिकाले १ करोड ८० लाख ७७ हजार, बित्थडचिर गाउँपालिकाले १ करोड ८० लाख ४२ हजार, जयपृथ्वी नगरपालिकाले १ करोड ७५ लाख ९ हजार ,बुंगल नगरपालिकाले १ करोड ४५ लाख ७९ हजार प्राप्त गर्ने भएको छ ।यसैगरी थलरा गाउँपालिकाले १ करोड ३७ लाख २२ हजार , साइपाल गाउँपालिकाले १ करोड ३० लाख ४ हजार ,सुर्मा गाउँपालिकाले १ करोड २९ लाख ७६ हजार, खप्तडछान्ना गाउँपालिकाले १ करोड २८ लाख ,छविसपाथिभेरा गाउँपालिले १ करोड २४ लाख ६३ हजार ,दुर्गाथली गाउँपालिकाले १ करोड २० लाख ८८ हजार पाउने भएका छन् ।
सबैभन्दा कम तलकोट गाउँपालिकामा ९९ लाख ३४ हजार अनुदान पाउने भएको छ भने बुंगलमा समपुरक अनुदान शून्य रहेको छ।

आव २०७९र८० मा सुदूरपश्चिम प्रदेश सरकारबाट ‘अन्तर सरकारी हस्तान्तरण’ अन्तर्गत बझाङका स्थानीय तहमा आएको अनुदानको विवरण रू प्रति हजारमा

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन