मकरराज धामी जेठ २९ बझाङ ; गएको कात्र्तिकमा सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको जालेबगरमा सडक बगाए पछि बैकल्पिक मार्ग बाट यातायात सुचारु भयको छ । छविसपाथीभेरा गाँपालिका वडा नं १ को जालेबगरमा अहिले सडक पुनर्निर्माणको काम भइरहेको छ । वर्षा याम सुरु हुन लाग्दा सेती नदीमा पानीको बहाव बढेको र वैकल्पिक सडक पनि बगाउने सम्भावना भएपछि यातायात सेवा अवरुद्ध हुने देखिएको छ । पुनर्निर्माणको काम सरु भय पनि बर्षायाम अगावै निर्माण कार्य सम्पन्न नहुने भयको छ । राजमार्गको एका तिरको खण्डमा बलास्टिङ गरेर नयाँ ट्रयाक खोल्नु पर्ने भयकाले समय लाग्ने निर्माण कम्पनी ड्रागन, जगदम्बा, सुर्मा सरोवर जेभीका सञ्चालक शेरबहादुर बोहराले बताए ।
ट्रयाक खोल्नका लागि चट्टान विस्फोटनको कार्य थालिएको छ । झण्डै ४ सय मिटर बढी कडा चट्टान बिफोष्ट गरि नयाँ ट्रयाक खोल्नु पर्ने भयकाले बर्षायाम अगावै सडक सुचारु हुने अवस्था छैन । सेती नदीमा पानीको वहाव बढे संगै पानीको सतह बैकल्पिक मार्ग सम्म पुगेको छ । दुईचार दिन लगातार पानी परे बैकल्पिक मार्ग बगाएर यातायात अवरुद्ध हुने देखिएको स्थानिय नरेन्द्र उपाध्यायले बताए । राजमार्ग अवरुद्ध भयपछि दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि हुनुका साथै आवतजावतमा समस्या हुने भन्दै बझाङवासी चिन्तित भयका छन ।
करिब ३ महिनादेखि अबरुद्ध हवाई सेवा अब देखि नियमित हुने भयको छ । हप्तामा तीन दिन बझाङ धनगडी बझाङ सेवा दिदै आएको समिट एअरलाईन्सले मौसम अनुकूल भय हप्तामा ३ दिन मंगलबार, बिहिबार र शनिबार नियमित उडान हुने र त्यसपछिका दिनमा दिनहु पनि उडान गर्न सकिने समिट एअर, धनगढी(बझाङ( धनगढी हवाईसेवाका प्रबन्धक किशोर खड्काले जानकारी दिए ।
बर्षायाममा बझाङवासीलाई समिट एअरको आश छ भने समिट एअरलाई मौसमको त्रास छ । बर्षातको समयमा सडक यात्रा निकै जोखिमपूर्ण हुने हुदा हवाईसेवा नियमित गरिनु बझाङबासिका लागि निकै सहज हुने र राहत मिल्ने स्थानीयको धारणा छ ।