बैतडी । बैतडीमा संघिय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका स्थानिय तहहरुले अनुदान पाउने भएका छन । जिल्लामा सबैभन्दा बढि पाटन नगरपालिकाको लागि ४९ करोड ३६ लाख विनियोजन गरेको छ । संघिय सरकारले पुर्चौडी नगरपालिकालाई ४८ करोड ४९ लाख अनुदान दिने भएको छ । दनपालाई ४७ करोड २९ लाख, मेलौली नगरपालिकालाई ३८ करोड १५ लाख अनुदान दिने भएको हो ।
त्यसैगरी जिल्लाको दोगडाकेदार गाउँपालिकामा ३८ करोड ९० लाख, डिलाशैनीमा ३६ करोड ४४ लाख, सुर्नया गाउँपालिकामा ३२ करोड ४० लाख , सिगास गाउँपालिकामा ३२ करोड ३७ लाख ,पञ्चेश्वर गाउँपालिकामा ३० करोड ८४ लाख र शिवनाथ गाउँपालिकामा २५ करोड ९९ लाख अनुदान हस्तानतरण गरेको हो ।
सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ।