बैतडीका एक पुरुष तीन दिनदेखि बेपत्ता खोजिदिन आग्रह

बैतडी । बैतडीका एक पुरुष तीन दिन देखी वेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ स्थित सौडालीका ३५ वर्षीय प्रेमसिंह रावत तीन दिनदेखि बेपत्ता भएका हुन ।रावत मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

बोल्न नसक्ने तथा हातले इसारा गर्ने रावत मङ्गलबार बिहान घरबाटै सम्पर्कबिहिन भएको आफन्तको भनाई छ ।रावतको खोजिकार्यका लागि प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका दाजु अम्मर रावतले बताउनुभयो। यदि कसैले फेला पारेमा आफ्त र नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न तथा ९८४८४३०६०७ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Loading...