बझाङ : बझाङको बुंगल नगरपालिकाको पहिलो नगरकार्यपालिका बैठेकले बिभिन्न ८ वटा निर्णय गरेको छ ।
कार्यपालिकाको बुधबार बसेको बैठेकले स्थानिय तह निर्वाचन समन्न बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै ,आधारभुत तह स्वस्थ्य सेवा केन्द्र भवन निर्माणको लागि संघिय सरकार बाट प्र्राप्त बजेटलार्ई कार्यान्वयन गर्न भवन निर्माणको लागि जग्गादान प्राप्त भएका वडाहरुमा निर्माण कार्य शुरुगर्ने र जग्गा लालपुर्जा प्राप्त नभएका वडाहरुमा पनि सबैको पाइप पर्ने स्थानमा सर्वपक्षिय सहमति गरी टेन्डर प्रक्रिया बाट निर्माण गर्न समय नभएकोले उपभोक्ता समिति निर्माण गर्ने निर्णय गरेको नगरपालिकाका सहायक सुचना तथा संचार प्रबिधि अधिकृत अक्कल बहादुर बिष्टले जानकारी गराए ।
त्यस्तै कोभिड–१९को महामारीका कारण प्रभावित अति विपन्न नागरीकलाई नगत राहत हस्तान्तरण गर्नको लागि उपमेयर धनबहादुर बोहराको संयोजकत्वमा पाँच जनाको कार्यक्रम व्यवस्थापन समिति पुनर्गठन गरेको छ । साथै नगरपालिकाका सम्पुर्ण बिषयगत शाखा ,सेवा केन्द्र सेवा ईकाइहरु तथा अन्य कार्यलयहरु कर्मचारीहरुलाई आफ्नो कार्यालयको चालु आर्थिक बर्षको प्रगति बिवरण सहितको प्रतिवेदन पेश गर्ने पनि निर्देशन दिएको छ ।
नगरपालिकाको कार्यलयमा रहेका कर्मचारीका लागि बिद्धुतिय हाजिरी परीक्षणको रुपमा सञ्चालनमा ल्याउने र यसको नतिजा सकरात्मक देखिए पालिका भित्रकम सबै सरकारी कार्यालयमा बिद्धुतिय व्यवस्था गर्दै जाने निर्णय गरेको हो । सथै नगरपालिकामा खुल्ला मदिरा नियन्तरण गर्न सबै वडाले आवस्यकता अनुसारको रणनिति अबलम्बनमा ल्याइ कार्यान्वयन गर्ने ,खिरातडी स्वस्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मत गर्न नगरपालिकाले समिती बनाई समिती मार्फत मर्मत गरी संचालनमा ल्याउने निर्णय गरीएको छ ।
अब कार्यपालिकाको नियमित बैठेक पनि प्रत्यक महिनाको दोस्रो बुधबार बस्ने र उक्त दिन बिदा परेमा सो पश्चात कार्यालय खुलेको दिन बस्ने निर्णय गरीएको जनाएको छ ।
निर्णयहरु हेर्नुहोस्