सरकारले अब ६८ वर्षमै वृद्धभत्ता दिने

काठमाण्डाै  ; सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएको छ ।
यसअघि सरकारले ७० वर्षपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।  

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ

janahit ma jari sandesh
Masta R.M
Loading...