बैतडी ; बझाङमा स्फोरस खानीको उत्खनन गरिने भएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले बझाङ र बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने बताउनुभयो । यसअघि पनि सरकारले पटक पटक बझाङ र बैतडीमा नेपालमा उत्खनन गरि अन्वेषण र अनुसन्धान सुरु गर्ने जनाउँदै आएको थियो ।
बझाङका तारुगाढ, जुईलगाड, गोइचन, कन्देचौर लगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । त्यसैगरी बैतडीका ढिकगाढ, जुनकुना, मोर्गाओन, सानागाओन, र धौबिसाउने लगायतका स्थानमा पनि फस्फोरसको खानी भएको यसअघिका विभिन्न अध्ययनमा पत्ता लागेको छ ।
२०७४ सालमा बैतडी र बझाङबाट फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा पु¥याइए पनि त्यसपछिका कुनै पनि विवरण सार्वजनिक गरीएको छैन । एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ । तर, सरकारी तवरबाट भने पहिलोपटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया सुरु भएको हो ।