बैतडीमा कांग्रेसको विजयी भोजमा झडप स्थानीयमाथि कुटपिट

बैतडी  ; बैतडीको सिगासमा वडाध्यक्षको विजयी भोजमा झडप भएको छ। सिगास गाउँपालिकाको वडानम्बर–९ स्थित गन्सुरमा मदिरा सेवन गरेका नेता, कार्यर्ता र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था पैदा भएको स्रोतले बताएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार पूर्व वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता टेक विश्वकर्मा र उनका भाइहरुले चन्द्र बिक लगायतका स्थानीयमाथि कुटपिट गरेको उनका आफन्तले बताएका छन्। हालै निर्वाचित वडाध्यक्ष कृष्णसिंह धामीसहित सदस्यहरुको विजयी भोजमा दुई समूहबीच विवाद भएको हो ।

Loading...