बैतडीको दशरथचन्दमा भत्कियो काङ्ग्रेसको गढ, एमालेका लख्खाभाई उदाए

बैतडी । नेपाली कांग्रेसको गढ मानिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन्। उनले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावललाई हराएका हुन् ।

एमालेका लख्खाभाईले ६ हजार ५ सय ८५ मत सहित विजयी हुदाँ उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका गजेन्द्रसिंह रावलको ५४२७ मत मात्रै प्राप्त गरे। लख्खाभाई २०७४ को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए।  अहिले एमालेमा रहेका उनी मेयर पदमा निर्वाचित भएका हुन् ।

यस्तै नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन्। उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरिन्। नेपालीले ५४९५ मत ल्याउँदा चन्दले ६१७० मत ल्याएर विजयी भइन्। उपमेयरकी प्रतिष्पर्धी नेपाली २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ। नेपाली कांग्रेसले दशरथचन्द नगरपालिकाका अधिकांश वडामा समेत हार व्यहोरेको छ। अघिल्लो निर्वाचनमा स्थानीय तहमा ११ वडा मध्ये ८ मा जितेको कांग्रेस अहिले पछि परेको हो।

Loading...