Jayaprithvi Municipality

वडा अध्यक्षमा निर्वाचित भए “एक व्याक्ति एक उत्पादन”मा जोड दिन्छु ; युवानेता बोहरा

बझाङ ।  नेकपा एमालेको तर्फबाट बझाङको बङ्गल नगरपालिका वडा नं –१ का वडा अध्यक्ष पदका उम्मेदवार अक्कल बोहराले आफु वडा अध्यक्ष पदमा निर्वाचित भए ‘एक व्याक्ति , एक उत्पादन‘ निति अनुरुप युवा रोजगारमा जोड दिने बताउनुभएको छ ।

दहबगरमा आलु खेति लगाएत अन्य तरकारी खेती ,बाख्रा पालन ,तथा बहुमुल्य जडीबुडीको पनि राम्रो उत्पादन गर्न सकिने ठाउँ रहेकाले आलु पकेट क्षेत्र घोषणा गर्ने र संकलन केन्द्र स्थापना गरी कृर्षकलाई राम्रो मुल्य पाउने गरी उत्पादनहरु बजारीकरणमा जोड दिने बताए । उम्मेदवार बोहराले गणतन्त्र आवाज डट्कम् संग कुरा गर्दै गर्दै सुशासन, भ्रष्टाचारमुक्त समाज र बजेटको समानुपातिक वितरणको लागि आफु राजनितिमा लागेको बताए ।

आफु वडा अध्यक्षमा निर्वाचित भए कुर्षि,स्वस्थ्य,शिक्षा लगाएत भौतीक विकासमा र सामाजिक बिकृति हटाउन प्रतिबद्ध रहेको बताए ।

Durgathali
Bithadchir 2
Jayapirthive MP
Loading...