सेवा सुबिधा नलिने घोषणा गर्दै कान्छा वडाअध्यक्षका उम्मेदवार कार्कीले गरे मनोनयन दर्ता

Image

बझाङ– वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका विद्यार्थी नेता अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) काठमाण्डौ अक्सफोर्ड अड्भान्स इन्जिनियरीङ कलेजका सभापती आनन्द कार्कीले बुंगल नगरपालिका ४ को वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन्।

बझाङ जिल्लाकै कान्छा वडा अध्यक्षका उम्मेदवार बनेका २३ वर्षिय कार्कीले निर्वाचित भईसकेपछि वडाध्यक्षले पाउने कुनैपनि सरकारी सेवा सुबिधा नलिने घोषणा गर्दै एमाले बाट वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका हुन ।

वडाको विकास र समुन्नतिमा हातेमालो गर्ने, सुशासन कायम गरी भ्रष्टाचार मुक्त बनाउने ,शिक्षा, स्वस्थ्य,खानेपानी, खेलकुद लगाएतका आधारभुत आवस्यकता पुरा गर्ने , सामाजिक सुरक्ष भत्ता घरघरमा पु्याउने ,बिषेसगरी पिछडिएका बर्ग र महिाला उत्थाजका लागि आफुले उम्मेदवारी दर्ता गरेको कार्कीले बताए ।

विद्यार्थी जिवनबाट राजनिति सुरु गरेका कार्कीले स्थानियस्तरमा खेलकुदमा अहम भुमिका खेलेका छन् । कार्की साहसी, निडर र इमानदार सामाजसेवी स्वभाव भएका व्यक्ति भनेर चिनिन्छन । अब वडामा विकासका लागि युवाहरु आवस्यक रहेको भन्दै उम्मेदवारी दिएको कार्कीले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन