बुंगलले पायो मेयरमा एमाले बाट महिला उम्मेदवार : नेतृ कुँवरले गराइन उम्मेदवारी दर्ता

बझाङ – नेकपा (एमाले) को तर्फबाट बुंगल नगरपालिकाको प्रमुखमा धनदेवी कुँवरले उम्मेदवारी दर्ता गराएकी छन् । कुँवर नेकपा (एमाले) जिल्ला कमिटी सदस्यसमेत हुन् । बझाङमा अरु दलहरुले प्रमुखमा महिलालाई मौका दिएका छैनन् ।

उम्मेदवारी दर्ताका क्रममा कुँवरले अन्याय, असमानता र विभेद्रहीत नगर निमार्णका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन् ।

‘सबैभन्दा पहिला त हिंसारहीत घर र समाज निमार्णमा लाग्ने छु । अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुने छ । त्यसपछि नगरलाई वातावरण मैत्री बनाउन बिभिन्न खालका योजना बनाउने छु,’ उनले भनिन् ।

नगरको समग्र विकास, विशेष गरी पिछडिएका बर्ग र महिलाहरुको उत्थानका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । एमालेले बझाङका स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पदमा महिलालाई अनिवार्य गरी उम्मेदवारी दर्ता गर्न लगाएको छ । सत्ता गठबन्धनमा सहभागी दलहरुले भने स्थानीय तहको प्रमुख÷उप प्रमुखमा महिलालाई उम्मेदवार बनाएका छैनन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले दुबै पदमा पुरुषलाई मौका दिएका छन् । कुँवर २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसकी मिनादेवी बोहरा जाग्रीसँग उपप्रमुखमा ७ सय ७१ मतले पराजित भएकी थिइन् ।

Loading...