बैतडीको सर्नयामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेता भट्टको टिकट खोसियो

Image

बैतडी ; बैतडीको सुर्नया गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेता भट्टको टिकट खोसिएको छ । यसअघि नेकपा (माओवादी केन्द्र) बाट स्वेतालाई उपाध्यक्षको टिकट दिइएको थियो। तर, आज मनोनयनको दिन भने उनलाई हटाएर दिलाराम भट्टलाई अघि सारिएको छ। माओवादी सुर्नयाले स्वेताको ठाउँमा दिलारामलाई उठाइएको जनाएको छ ।
सुर्नयामा माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। जसअनुसार अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीको भागमा परेको थियो। दिलाराम माओवदी केन्द्रका नेता तथा वडा नं ३ का निवर्तमान वडाध्यक्ष समेत हुन्। उनले आजै मनोनयन दर्ता समेत गरिसकेका छन्। यस्तै सामजवादीबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्टले पनि मनोनयन दर्ता गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन