बझाङ । गठबन्धन दलहरुको भागबण्डामा असन्तुष्टी जनाउदै आएको माओवादी केन्द्रका बुङ्गल नगर कमिटी अध्यक्ष किशोर कुँवरले बुंगल नगरपालिकाको उपमेरमा पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको भागबण्डामा मेयर कांग्रेसलाई र उपमेर एकिकृत समाजवादीको भागमा परेको थियो ।।२०५७ साल देखि आफु माओवादी केन्द्र मा आबद्ध रहेको र पार्टीका लागि अनबरत रूपमा खटिएर लागेको भए पनि टिकट बाडफाड तथा गठबन्धनले आफुमाथि अपमान गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्