मनोनयनको पहिलो दिन आज बुंगलमा ८ जना स्वतन्त्र उम्मेद्धार सहित १० जनाले गरे मनोनयन दर्ता

बझाङ ;  मनोनयनको पहिलो दिन बझाङको बुंगल नगरपालिकामा १० जनाले मनोनयन दर्ता गरेका छन्। बुंगल नगरपालिकाको मेयर पदका लागि राप्रपा नेपालबाट हर्कबहादुर सिंह, बुंगल नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदका लागि हरिचन्द्र जोशीले मनोनयन दर्ता गरेका छन्।
यस्तै स्वतन्त्रबाट बुंगल नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि विष्णुप्रकाश जोशी, वडा नम्बर ४ को वडाध्यक्ष पदका लागि मदन बिक, वडा नम्बर ८ को वडाध्यक्ष पदका लागि गंगु ऐडी, वडा नम्बर ८ वडा सदस्यका लागि मानदेव बोहरा, निरादेवी जागरी, वडा नम्बर ३ वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट करे धामी, वडा नम्बर ४ को वडा सदस्य पदका लागि स्वतन्त्रबाट मुकुन्द कुँवर, वडा नम्बर ८ को वडा सदस्य पदका लागि स्वतन्त्रबाट मानदेव बोहरा, वडा नम्बर ४ को दलित महिला सदस्य सुनादेवी ओखेडाले मनोनयन दर्ता गरेका छन्।
Loading...