धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि वड उम्मेदवार

धनगढी :  सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर काँग्रेसको भागमा परेपछि नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ। धनगढीको मेयरका लागि काँग्रेसबाट सात जनाले आवेदन दिएकोमा वडलाई फेरि उम्मेदवार बनाउने तयारी भएको हो।

मेयरमा काँग्रेसको कार्यदलले वडको नाम टुंगो लगाएको र निर्णय भने आज हुने नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए।

Loading...