बुङ्गलमा एमालेबाट मेयरको लागि तीन जना सिफारिस,पाँच वडाअध्यक्षका उम्मेद्धार सर्वसम्मत

Image

सुरेश धामी, बझाङ ।  नेकपा एमालेले बझाङको बुङ्गल नगरपालिकाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। एमाले नगर कमिटीले युवा संघ नेपालका बझाङ जिल्ला ईन्चार्ज, लोकेश बहादुर सिँह, अनेरास्ववियू केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटी सदस्य आर विक्रम ओखेडा, एमाले बुङ्गल नगरपालिका सह–इन्चार्ज एवं अनेमा संघ केन्द्रिय सदस्य धन देवि कुवँरको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।

त्यस्तै, उपप्रमुखमा बेल्मती कुवर , मनिता धामी र अम्बिका बिकले आकांक्षी देखिएका छन्। एमाले बुङ्गल नगरकमिटीले ९ नं वाहेकका सबै वडामा अध्यक्षका उम्मेद्वार पनि सिफरीस गरीसकेको छ । जसमा नगरपालिकाको वडा नं एकमा अक्कल बोहरा र अहिलेकै वडा अध्यक्ष विष्णु प्रकाश जोशीलाई सिफरीस गरेको छ । वडा नं दूईमा अर्जुन धामी र जैधन धामी ,वडा नं तीनमा मिलन बोहरा र बहादुर बोहरा, वडा नं चारमा आनन्द कार्की, पाँचमा प्रयागराज धामी, सातमा केशवराज जोशी, आठमा बिर बहादुर बोहरा, एघारमा मोहन बोहरा(चट्टान) सर्वसम्मत चयन भएका  छन् ।

त्यस्तै वडा नं दशमा मोहन बोहरा र  गणेश पुजारले आकांक्षा देकाएका छन । वडा नं छमा नरबहादुर कुँवर,हिक्मतराज लुहार,धुर्व सिहँ, देव ऐडी ,पदम सिँह र बिरेन्द्र कुवर ६ जनाको नाम सिफारीस गरीएको छ । वडा नं नौँमा भने उम्द्धारको टुङ्गो लगाउन बाकी हरेकाे नगरकमिटी अध्यक्ष मोहन बोहराले जानकारी दिए ।

२०७४ सालको चुनावमा एमालेले यो पालिकामो ५ वडामा जितेको थियो । नगरपालिकामा गठबन्धनका दलहरु नेपाली कांग्रेश ,नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र विच भने भागभण्डामा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन