बुङ्गल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गलनगरपालि वडा नं –८ दुनगैराका अन्दाजी २४ वर्षीय राजन बोहोराको आइतबार साझँ ६ बजेतिर बुङ्गल नगरपालिका वाडा नं ८ कै पारीसेला भन्ने ठाउँमा लघुजल–विद्युत मर्मत गर्नेबेलामा करेन्ट लागेर मृत्यु भएको बुङ्गल नगरपालिकामा वडा नं ८ का वडा अध्यक्ष शिवसंकर जाग्रीले बताए ।

बोहोरा सानिगाड लघुजल–विदद्युत आयोजनामा कामगर्ने अपरेटर हुन ।प्रहरी घटना स्थल गइरहेको र घटना कसरी घट्यो भन्ने थप विवरण आउन बाकी छ ।

Loading...