बझाङमा कांग्रेस सभापती चढेको जिप दुर्घटना, एक जनाको मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। बझाङको सुर्मा गाउपालिका बाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्तलमै मृत्यु भएको छ।

घाइते भएका १ जनालाई देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र देउलेखमा नै उपचार भइरहेको प्रहरीले बताएको छ । जिपमा कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । प्रहरीका अनुसार जीप गएराति १२ः४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Bungal Purai
Bithadchir 2
Loading...