महिलालाई गालीगलौज गर्ने सिगास गाउँपालिका अध्यक्ष धामीविरुद्ध प्रहरीमा उजुरी

बैतडी ; जिल्लाको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध प्रहरीमा उजुरी परेको छ। अध्यक्ष धामीलाई कारबाही गरिनुपर्ने माग गर्दै सिगास–९ की लक्ष्मी शाह चन्दले इलाका प्रहरी कार्यालय पाटनमा ठाडो उजुरी दिएकी हुन्।

नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष धामीले कांग्रेस महाधिवेशन प्रतिनिधि चन्दलाई अश्लील गालीगलौज गरेको अडियो बाहिरिएको थियो। आफ्नो पारिवारिक जीवनमै आँच आउने गरी अध्यक्ष धामीले गालीगलौज गरेकाले प्रहरीमा ठाडो उजुरी दिएको उनले बताएकी छिन्।उँपालिका अध्यक्ष धामीविरुद्ध ठाडो निवेदन परेको र अध्यक्षलाई बुधबार (आज) छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। अध्यक्ष धामीलाई नेपाली काँग्रेसले समेत सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइसकेको छ। चन्द आसन्न स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदकी आकांक्षी समेत हुन्।

Bungal Purai
Bithadchir 2
Loading...