बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Image
फाइल तस्विर

बझाङ ; बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीका घटनास्थलमै मृत्यु मृत्यु भएको छ।

आज (बुधबार) बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिपमा भीरबाट खसेको ढुंगा लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए । जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन