बझाङ ; नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट एमालेको सरकार ढले पनि जनताको मनबाट एमाले नढलेकोले बताएका छन् । पाँच दलको गठबन्धनलाई ‘पाँचमुखे खन्चुवा’ को संज्ञा दिदै यो सरकार शाला, शाली, ज्वाईँ, भाईलाई अवसर दिन आएको र जनताकाको लागि सिन्को नभाच्ने बताएका छन्
पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुगेको ओलीले देशभर एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गरे । जनताहरू एमालेलाई जिताउन चुनावको प्रतीक्षामा रहेको उनको तर्क थियो ।ज्येष्ठ नागरिक भत्ता र कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने अवस्थामा सरकार पुग्न लागेको ओलीको टिप्पणी थियो । आफू सरकारमा रहँदा वृद्ध भत्ता ५ हजार पुर्याउने भनेको तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था ल्याएको उनको टिप्पणी थियो ।
आफ्नो सरकारले कोभिड लागेको बेलासमेत कर्मचारीको तलब बढाएको तर, वर्तमान सरकार तलब–भत्ता खुवाउन नसक्ने अवस्थामा रहेको जिकिर गरे । गभर्नर निलम्बनको विषयमा बोल्दै ओलीले वर्तमान अर्थमन्त्रीले बिरालोलाई रिस उठे खाँबो चिथोर्नेजस्तो व्यवहार देखाएको बताए ।