मेयरमा उम्मेदवारी दिने भन्दै बैतडीका एक शिक्षकले दिए राजिनामा

बैतडी । बैतडीमा चुनाव लड्न एक शिक्षकले राजिनामा दिएमा दिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ स्थित निरपाल आधारभुत विद्यालयमा अध्यापन गराउँदै आएका प्रेम सिह थापाले दशरथचन्द नगरपालिकाको मेयरमा उम्मेदवारी दिने भन्दै राजिनामा दिएका हुन् । उनले चैत्र १४ गते शिक्षा विकास तथा समन्वय ईकाई बैतडीमा राजिनामा पत्र बुझाएको र सोही दिन स्वीकृत पनी भईसकेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश उपाध्यक्ष समेत रहेका थापाले माओवादी केन्द्रबाट मेयर पदमा चुनाव लड्ने तयारी रहेका बताएका छन् । उक्त बिषयमा अहिले पार्टी भित्र छलफल भईरहेको र मेयरका लागी आफुले नै टिकट पाउने पक्कापक्की भएको थापाले बताएका छन् ।

Loading...