बझाङ – अनेरास्ववियु बुङ्गलनगर कमिटीद्वारा सन्चालनमा आएको निशुल्क एसइइ तयारी कक्षा प्रभावकारी बन्दै गएको छ । जसमा नगरपालिका भरीका १४ विद्यालयका तीनसय बढी बिद्यार्थी सहभागी भएका छन् ।
अनेरास्ववियु बुङ्गल नगर कमिटिले गत चैत १० गते बाट बुङ्गल नगरपालिका भित्र रहेका माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत माध्यामिक शिक्षा परीक्षा (एसइइ)को तयारीमा रहेका बिद्यार्थीका लागि विजगडामा संचालन गरीएको कक्षामा ६ विद्यालयका तीनसय बिद्यार्थीलाई ६ वटा समुहमा विभाजन गरी अध्यन गराइदै छ भने कफलसेरी माध्यामिक विद्यालयमा संचालन गरीएको कक्षामा ७ वटा विद्यालयका तीनसय दुइजना बिद्यार्थीलाइ ८ समुहमा अध्यन गराई रहेको शिक्षक आनन्द सिहँले जानकारी दिए ।
आफैले शुल्क तिर्न पर्दा तयारी कक्षा शुल्क तिर्न नसकेर बञ्चित हुनुपर्ने गरिब जेहेनदार बिद्यार्थिको समस्यालाई मध्यनजर गर्दै कक्षा सञ्चानल गरेको अनेरास्ववियु केन्द्रीय सदस्य आरबिक्रम ओखेलाले जानकारी दिए ।