बैतडीमा १२९ मतदानस्थल, २०५ मतदान केन्द्र तोकिए

बैतडी ; बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिकामा २२ वटा मतदानस्थल र २९ मतदान केन्द्र, पाटन नगरपालिकामा १९ मतदानस्थल र २८ मतदान केन्द्र, पुर्चौंडी नगरपालिकामा १७ मतदानस्थल र २९ मतदान केन्द्र र मेलौली नगरपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र तोकिएका जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले बताए।

यस्तै, डिलाशैनी गाउँपालिकामा ९ मतदानस्थल र १७ मतदान केन्द्र, दोगडाकेदार गाउँपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र, पञ्चेश्वर गाउँपालिकामा ९ मतदानस्थल र १५ मतदान केन्द्र, शिवनाथ गाउँपालिकामा ७ मतदानस्थल र १३ मतदान केन्द्र, सिगास गाउँपालिकामा १४ मतदानस्थल र १९ मतदान केन्द्र र सुर्नया गाउँपालिकामा ८ मतदानस्थल र १५ मतदान केन्द्र तोकिएका छन्।

Samajik
Bithadchir 2
Loading...