बझाङमा भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

चैत्र १५ बझाङ ; बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन । लाई बझाङ प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण जेठाजु बुहारी दुबै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ गते बेलुकी भाईबुहारीको कोठा भित्र प्रवेश गरी जवरजस्ती करणी गरेको भनेर पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उजुरी पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित जेठाजुलाई केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले बताए । जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेकीपिडीतलाई प्रहरीले स्वास्थ परीक्षण गरि महिला सुरक्षित आवास गृह सेभ हाउसमा राखेको छ । भाईबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाई जिल्ला अदालत बझाङबाट सोमबार ३ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको डिएसपी विष्टको भनाई छ ।

Loading...