बझाङ ; बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय जनाले आवेदन दिएका छन् । चैत्र ११ गतेसम्म तोकिएको भर्ना समयमा ३२६ जना महिला र १ हजार ३३० जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो ।
जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट गरिने छ । आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ भने चैत्र १५ गते बाट छनोट प्रक्रिया सुरु हुने छ ।स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना हुन चाहनेका लागि चैत्र ११ गतेसम्मको म्याद राखिएको थियो । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने विष्टको भनाई छ ।
प्रतिक्रिया जनाउनुहाेस्