सुरेश धामी ,बझाङ ; अनेरास्ववियु बुङ्गलनगर कमिटीद्वारा निशुल्क एसइइ तयारी कक्षा सञ्चालन गरीएको छ । नगरपालिका भित्र रहेका १४ माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत माध्यामिक शिक्षा परीक्षा (एसइइ)को तयारीमा रहेका बिद्यार्थीका लागि भौतिक उपस्थितिमै नि.शुल्क एसईई तयारी कक्षा सञ्चालन गरीएको अनेरास्ववियु बुङ्गल नगरकमिटी अध्यक्ष कमल ऐडीले बताए ।
स्वरस्वति माध्यामिक बिद्यालय सहित बिजगडा परिक्षा केन्द्र अन्तरगत रहेका ६ वटा बिद्यालय रत्न माध्यामिक बिद्यालय खोल्लेक, महेन्द्र माध्यामिक बिध्यालय दहबगर, चन्द्र माध्यामिक गिरौ, भगवती माध्यामिक विद्यालय सोला र कन्या माध्यामिक विद्यालय बटुलसेराका विद्यार्थीहरुका लागि बिहिबार प्रश्न बैंक वितरण तथा निशुल्क एसईई तयारी कक्षा दुइ वटा समुहमा संचालन गर्ने गरी उद्धाटन गरीएको नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला कमिटी सदस्य आर बिक्रम ओखेडाले जानकारी दिए ।
त्यस्तै महादेव माध्यामिक बिद्यालय सहित अठपाली परीक्षा केन्द्र अन्तरगतका ७ वटा विध्यालय ´´सिताराम माध्यामिक विद्यालय डौड ,केदार माध्यामिक बिद्यालय देउलीकोट ,दुर्गा माध्यामीक बिध्यालय सीमाली, कफलसेरी माध्यामिक विद्यालय कफलसेरी ,शिव माध्यामिक विद्यालय पुतलीलेक, शारदा मा.वि सैनोडी, सत्य माध्यामिक तोलीचौरको एस.इइ तयारी कक्षा कफलसेरीमा संचालन गरीएको छ । एस.इ.इ. तयारी कक्षाले बिद्यार्थीहरुको परिक्षामा विशेष सहयोग पुग्ने र बिद्यार्थीहरुलाई थुप्रै ज्ञानहरु दिन सकिने भन्दै संचालन गरीएको अनेरास्ववियुले जनाएको छ ।