बझाङमा महिला बलात्कार गरेर गहना लुटेको आरोपमा २ जना पक्राउ

Image

बझाङ  ; बझाङमा महिलामाथि बलात्कार गरेर गहना लुटेको आरोपमा २ जना पक्राउ परेका छन्। यहि चैत ४ गते जिल्लाको केदारस्युँ गाउँपालिका–५ मा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मुलाई पक्राउ गरिएको हो।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार दुवैजना कालङ्गा हाइड्रोपावरमा काम गर्ने कामदार हुन्। महिलामाथि जबरजस्ती करणी गरेर ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दिनेश खबर बाट

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन