एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओली बृहत जनसभालाई सम्बोधन गर्न बझाङ आउदै

बझाङ : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न बझाङ आउने भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बझाङले चैत २८ गते सदरमुकाम चैनपुरमा आयोजना गर्ने बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङ आउने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य, बझाङ जिल्ला सह–इन्चार्ज तथा पुर्व अनेरास्ववियु अध्यक्ष ऐन महरले जानकारी दिएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बझाङको आइतबार बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्लास्तरीय बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । साइपाल खबर बाट

Samajik
Bithadchir 2
Loading...