मोटरसाइकल दुर्घटनामा परी पत्रकार कुँवरको मृत्यु

बझाङ । बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेस कुँवरको मृत्यु भएको छ । स्थानिय रेडियो सेरोफेरोमा काम गर्दै आएका बुंगल नगरपालिका–५ मिडी घर भएका कुँवर बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प७०९० नम्बरको मोटरसाइकल चिप्लिदा घाइते भई उपचारका लागी देउलेख लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो २ः३० बजे झापाबाट विजगडा जाने क्रममा मोटरसाइकल चिप्लेर कुँवर घाइते भएका हुन् । घाइते कुँवरको टाउको, मुख र हातमा चोट लागेकाले थप उपचारका लागि देउलेख लिदाँ बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।

Bungal Purai
Bithadchir 2
Loading...