पुल मर्मत र तटबन्धको माग गर्दै स्थानीयद्वारा बिजगडा बजार जोड्ने सडक अबरुद्ध

Shivashankar

बझाङ : गाडी पुल तत्काल मर्मत र तटबन्धको माग गर्दै स्थानियहरुले बझाङको बुङ्गल नगरपलालीका बिजगडा बजार जोड्ने सडक अबरुद्ध गरेका छन् ।

कार्तिक पहिलो हप्ता परेको बेमौसमी बर्षाका कारण कलङ्गा नदिमा रहेको गाडी पुल क्षतिग्रस्त भइ सवारीसाधन आवतजावत गर्न बन्द भएका थिए भने स्थानीयको खेतीयोग्य जमिन पनि बाढीले बगाएको थियो । त्यसपछि कालङ्गा हाइड्रोपावरले कालंगा खोलामा अस्थायी पुल निर्माण गरेर सडक संचालनमा ल्याएको भएपनि शुक्रबार स्थानीयले सडक आफ्नो जमिनमा परेको र अब जमिन सम्याइ खेतीपाती लगाउने भन्दै उक्त क्षतिग्रस्त पुल मर्मत र जमिनलाई थप क्षतिहुन नदिन तटबन्धको माग राखेर सडक बन्द गरेको स्थानिय रामचन्द्र जोशीले बताए।

सडक बन्दहुदा यातायातका साधानहरु अबरुद्ध छन् भने यात्रुहरु समस्यामा परेकाछन् । उक्त पुल क्षतिग्रस्त भएको ६ महिना बितिसक्दा पनि स्थानीय सरकार लगाएत कुनैपनि निकायले पुल मर्मतको लागि चासो नदेखाएको स्थानीयको आरोप छ । समयमै कालङ्गा खोलामा तटबन्ध गर्न र नदिको कटानबाट रोक्न नसके बिजगडा बजार समेत जोखिममा रहेको छ ।

Hohel Kananga
Loading...