बझाङका स्थानीय तह मध्य भ्रष्टाचार गर्ने पहिलो स्थानमा बुङ्गल नगरपालिका

Image

सुरेश धामी ,१९ फागुन बझाङ : बझाङका १२ स्थानीय तह मध्य भ्रष्टाचार गर्ने पालिकाको पहिलो स्थानमा बुङ्गल नगरपालिका रहेको छ । बझाङमा आर्थिक अनियमितता गर्नेमा सबैभन्दा बढी स्थानीय तह रहेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार बझाङको विवरण हेर्दा सबैभन्दा बढी स्थानीय तहले अनियमितता गरेको उजुरी परेको जनाएको छ । यो आर्थिक वर्षमा बझाङका मात्र ११९ वटा उजुरी परेकाछन् । ११९ वटा उजुरीमध्य स्थानीय तह विरुद्ध ५४ वटा उजुरी पररेका छन् । जसमा बझाङ बाट सबैभन्दा बढी २२ वटा उजुरी बुङ्गल नगरपालिका विरुद्ध परेकाछन् । ६ वटा उजुरी सहित छविसपाथिभेरा गाउँपालिका भ्रष्टाचार गर्नेमा दोस्रो स्थानमा परेको छ ।

सुर्मा, केदारस्युँ, दुर्गाथली गाँउपालिका र जयपृथ्वी नगरपालिकाका ४/४ वटा, साइपाल र खप्तडछान्ना गाँउपालिकाका ३/३ वटा, तल्कोट गाँउपालिकामा २ वटा, मष्टा र थलारा गाँउपालिकाका १/१ वटा आर्थिक अनियमितताका उजुरी परेका छन् । अख्तियारमा स्थानीय तह विरुद्ध उजुरीको संख्या बढेपछि जनप्रतिनिधि भने आफ्नो वचावटमा लागेकाछन् । व्यक्तिगत रिसिविकारण कतिपयले अख्तियारमा उजुरी गर्ने गरेको आरोप लगाउँदै जनप्रतिनिधिहरु आफ्नो वचावटमा उत्रिएकाछन् । स्थानीय तहको काम राम्रो भए पनि व्यक्तिगत रिसिवीका कारण अख्तियारमा उजुरी हाल्ने गरेको हुँदा आयोगले यसमा स्थलगत अनुगमन गरी छानविन गर्नुपर्ने जनप्रतिनिधिहरुको जोड छ ।

चुनावको बेला ‘गाउँगाउँमा सिंहदरबार’ भनिए पनी गाउँगाउँका सिंहदरबारको पारा देख्दा जनता भने निराश भएकाछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन