बझाङको बुङ्गल नगरपालिकामा रहेको बुङ्गल साहित्य देउडा समाजको आयोजनामा तथा बुंगल नगरपालिका समन्वयमा वृहत देउडा प्रतियोगिता उद्घाटन भएको छ ।
महाशिवरात्रीको अवसर पारेर सुदूरपश्चिमको कला र संस्कृतिको संरक्षणको लागि आज सोमबार उक्त प्रतियोगिताको उद्घाटन बुङ्गल डेउडा समाजका अध्यक्ष सुरेश कुँवरको सभाअध्यक्षतामा र बुंगल नगरपालिकाका नगरप्रमुख धनबहादुर बिष्टको प्रमुख आथित्यमा गरीको हो ।
“स्थानीय कला संस्कृति र देउडा सँगै रमाऔँ, बुङ्गल नगरपालिका विजगडा जाऔँ” भन्ने मुल नाराका साथ आज पञ्चेबाजा, फाग, मागल, छलिया, ढुस्को, धुमारी, ठाडी भाका र अन्य विभिन्न स्थानिय भाकामा नाचको प्रदर्शनी गरीको छ । त्यसैगरी भोलि सुदूरपश्चिम प्रदेशमा ख्याति प्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुको वृहत देउडा प्रतियोगिता र डेउडा दोहोरी दोहोरी गरीने जनाइएको छ ।
सुदूरपश्चिमको कला गला र संस्कृतिको लोप हुँदै गैरहेको बेला संस्कृतिको सम्मान र पहिचानको लागि स्थानिय कला सस्कृती प्रदर्शनी तथा वृहत देउडा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कुंवरको भनाइ छ । साथै उहाँले भोलिको कार्यक्रममा पनि बझाङ बासी जनातालाई विशेष सहभागिताको लागि हार्दिक अनुरोध गर्नुभएको छ।