बुङ्गल नगरपालिको कफलसेरी स्वास्थ्य चौकीमा  एम्बुलेन्स सेवा

Shivashankar

बझाङ: जिल्लाको बुङ्गल नगरपालिकाको कफलसेरी स्वस्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालय धनगढीको आर्थिक सहयोगमा तथा बुंगल नगरपालिका र बुङ्गल नगरपालिका वडा नं ८ को समन्वयनमा नागरिकहरुलाई स्वस्थ्य सेवा लिनको लागि सहज होस् भनेर खरिद गरि फागुनदेखि संञ्चालनमा ल्याएको कफलसेरी स्वास्थ्य चौकी इन्चार्ज शिबराज खडायतले जानकारी दिए ।  एम्बुलेन्समा अक्सिजन ,नेबुलाईजर , स्लाइन पानी चढाउने व्यवस्था , र औषधि सहित एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको उहाँले बताए ।

तस्विर : फलसरी स्वास्थ्य चौकी एम्बुलेन्स

कफलसेरी स्वास्थ्यचौकी संचालन व्यवस्थापन समितिले  भाडादर  गरि फागुन बाटै एम्बुलेन्स सेवा सुरु भए पनि स्थानीयले भने भाडादर महङ्गो भयो भन्दै सामाजिक संञ्जालमा विभिन्न आलोचना गरेका छन् ।

यता नगरपालिका स्वस्थ्य शाखा प्रमुख नैन सिहँले भने नेपाल सरकारले भौगोलिक अवस्था,कच्ची पक्की बाटोको अवस्था,आर्थिक व्यवस्थाको आधारमा भाडादर कायम हुने भएकाले सबै  कुरालाई मध्यनजर गरेर मात्र संचालन तथा व्यवस्थापन समितिकोनिर्यण बाट उक्त भाडादर कायम गरिएको बताए । ´´उहाँले भन्नू भयो”अहिले सर्वसाधारणले नबुझेका कारण विभिन्न  व्यक्तिहरुले कारण भ्रम फैलाउने काम गरीरहे छन् । सरकारी सेवा सुविधा सबै नि.शुल्क हुन्छ भन्ने स्थानियकाे बुझाइएको कारण पनि यस्तो गुनासो आउने गरेको हो । एम्बुलेन्स संचालन गर्दा डिजल खर्च,मर्मत खर्च ,ड्राइभरको  तलब भत्ता खर्च समेत वडाकार्यालय र नगरपालिका बाट आर्थिक ब्यवस्थापन हुन नसके एम्बुलेन्सबाट आउने रकम ले नै सबै व्यवस्था गर्नुपर्ने हुन्छ ।सोही अनरुप भाडा दर कायम गरीको हो ।

फलसेरीमा संचालित नया एम्बुलेन्स नया निर्देशिका अनुसार सुदूरपश्ममै पहिलो भएकोले स्थानीयले बिबाद गरेर साध्य नहुने ,एम्बुलेन्स सेवा१०२ नम्बरमा संचालित रहेको र कुनै पनि ठाउँमा निशुल्क संचालन मा नरहेको ,कर्मचारी भर्ना, तलव सेवा सुबिधा समेत स्थानीय सरकारले या सम्बन्धित एम्बुलेन्स संचालन बाट नै गर्नु पर्ने बुङ्गल नगरपालिका वडा नं ८ का वडा शवसंकर जाग्रीले बताए ।
कफलसरी क्षेत्रमा एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका सर्वसाधारण तथा स्थानिय भने अब कुनै दुर्घटना हुँदा र सिकिस्त बिरामी भएको बेलारामीलाई छिटो अस्पताल लैजान सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने भएपछि खुशी भएका छन् ।
एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकलाई समयमै अस्पताल पुग्न सजिलो हुने र चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवृतिको अन्त्य भइ सस्तो मुल्यमा सबैले सेवा पाउने बुंगल नगरपालिकाका नगर प्रमुख धन बहादुर बिष्टले बताए ।

Hohel Kananga
Loading...