बझाङ; बझाङको बुङ्गल नगरपालिकाले गत साउन देखि स्थानियतहले उपलब्ध गराउनु पर्ने विद्यालय कर्मचारी तथा बाल सहजकर्ताको तलव भत्ता दिने निर्णय गरेको भएपनि अहिले सम्म कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परीषद बुगंल नगरकमिटीले आन्दोलन गर्ने चेतावनि दिएको छ । शुक्रबार छलफलमा बुङ्गल नगरपालिकाका नगर प्रमुख धन वहादुर बिष्टले एक हप्ता भित्रै खुवाउनु पर्ने तलब भक्ता जसरी पनि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ ।
नेपाल विद्यालय कर्मचारी परीषदका अध्यक्ष नरेश बहादुर बोहराको अध्यक्षतामा बैठेक बसी सो प्रतिवद्धता एक हप्ता भित्र कार्यान्वयन नभएमा विद्यालय कर्मचारी र बाल शिक्षकहरुले नगरपालिका भरीका सम्पुर्ण विद्यालय अनिश्चित कालिन बन्द गरी भौतिक रुपमै नगरपालिकामा आन्दोलन गरी शिक्षा शाखामा तला लगाउने भनि नगरपालिका भित्रका शिक्षा प्रति आस्थावान संघ संगठनहरुको रोहबरमा निर्णय गरेको नेपाल विद्यालय कर्मचारी परीषदका बुंगल नगरकमिटी सचिव कमल बहादुर धामीले जानगरी दिए ।